Rule 4
सेवा शुल्क लिने
बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रदान गरेको परामर्श तथा सेवा वापत सम्बन्धित पर्यटक तथा पर्यटन व्यवसायीसँग सेवा शुल्क लिन सक्नेछ । तर बोर्डले कुनै परामर्श तथा सेवामा सेवा शुल्क नलिने गरी तोक्न सक्नेछ ।